April 20, 2021, Tuesday
२०७८ बैशाख ७

कुलमानलाई प्राधिकरण प्रमुखमा पुनः नियुक्ति दिने माग गर्दै सरकार विरुद्ध प्रदर्शन (फोटो फिचर)

कुलमानलाई  प्राधिकरण प्रमुखमा पुनः नियुक्ति दिने माग गर्दै सरकार विरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौ-कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गरी निरन्तरता दिने माग गर्दै काठमाडौ विभिन्न स्थानमा सरकार विरुद्ध प्रदर्शन भएको छ । घिसिङको पुन नियुक्तको माग गर्दै केहि दिन अघि देखि काठमाडौंको माइतीघर मण्डला , बबर महल , जोरपाटी र बालाजुमा प्रदर्शन भएको हो ।

गत भाद्र ३० गते आफनो पदीय जिम्मेवारीबाट अबकास पाउनु भएका घिसिङलाइ्र्र सोही पदमा निरन्तरता दिने माग गर्दै राजधानीमा प्रदर्शन गर्ने क्रममा प्रहरीको लाठि चार्ज हुँदा १० जना सख्त घाइते भएको छ । प्रहरी दमनका कारण घाइते भएकाहरुको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले घिसिङलाई पुन नियुक्तिको माग गर्दै नारावाजी गरेका थिए भने प्लेकार्डहरु बोकेका थिए ।

राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । घिसिङको चार वर्षको कार्यकाल सकिएसँगै मंगलबारबाट औपचारिकरुपमा विदा भएका छन् । उनको विदाइमा हिजो प्राधिकरणमा कार्यक्रम आयोजना गरिएको थियो ।उनको पुनर्नियुक्तिका लाविङको क्रममा प्रधानमन्त्री ओली इच्छुक नभएको समाचारहरु सार्वजनिक भएका छन् ।

भर्खरै

लोकप्रिय