April 20, 2021, Tuesday
२०७८ बैशाख ७

नेपालमात्र देख्न पाइन्छ पिसिआर टेष्टका लागि यति धेरै सास्ति (फोटो फिचर)

नेपालमात्र देख्न पाइन्छ पिसिआर टेष्टका लागि यति धेरै सास्ति (फोटो फिचर)

काठमाडौ-लगातार झमझम पानी परिरहेको छ । पानीले लसप्प भिजेको चिसो भुइँमा कागज, कार्टुन र रुमाललाई बिछ्यौना बनाइ त्यसमा सुतेर निदाउने प्रयास गरिरहेका छन् । त्यहाँ भएका मानिसहरु बेन्च र टेबलमा पनि निदाइरहेका छन्, कतिपयले निदाउने प्रयास गरिरहेका छन् । यहाँ यसरी दुख गरेर बस्नेहरु कतै जान टिकट लिन आएका होइनन न रोजगारी माग्न नै जम्मा भएका हुन् , उपचारका लागि पनि आएका होइनन् ।

कोभिड परीक्षण गरिपाऊँ– उनीहरूको यत्ति माग हो । तर, दिनभर लाइन लाग्दा पनि पालो नआएपछि उनीहरू रातिदेखि नै यसरी लाइन लाग्न बाध्य भएका हुन् । के गर्नु ? देशमा महामारीविरुद्ध सरकारको बन्दोबस्त यस्तै छ ।

यो दृश्य हो राजधानीको टेकुस्थित कोभिड– डेडिकेटेड शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको । अस्पतालको गेटबाहिरको अवस्था पनि यस्तै छ । सडक किनारमा उभिएका, बसेका सबैसँग छाता छैन । छाता हुनेहरू छातामा ओत लागेका छन् । छाता नहुनेहरू बाटोछेउका घरका सिँढीमा ओत लाग्ने प्रयास गरिरहेका छन् । उभिएर थाकेकाहरू भिजेको भुइँमै पल्टिएका छन् ।

भर्खरै

लोकप्रिय