April 20, 2021, Tuesday
२०७८ बैशाख ७

निर्देशनमा जम्दै भोला,हिपहप “नशा” सार्बजानिक

निर्देशनमा जम्दै भोला,हिपहप “नशा” सार्बजानिक

काठमाडौँ-पछिल्लो समय हिपप तर्फ युवाको आकर्षण बढिरहेको छ ।

नया नया अनुहारहरुको आगमनले झनै यो फिल्ड लाई रोमाञ्चक बनाईरहेको छ ।

सोहि क्रममा पछिल्लो समयका आशालाग्दा र्यापर जेनिथ आचार्यको नया गीत सार्बजानिक भएको छ ।

‘नशा’ नाम राखिएको उक्त गीतलाई पछिल्लो समय निर्देशनमा जमिरहेका निर्देशक भोला तिमल्सिनाले निर्देशन गरेका हुन् ।

गायकको आफ्नै अफिसियल युटुब मार्फत सार्बजानिक गीतले पछिल्लो युबा पुस्ताको लोकप्रिय क्लब ट्रेन्डलाई उठान गरिएको छ।

जेनिथ आचार्य र जेन्टल सबिनको र्याप समाबेस गरिएको उक्त गीतमा मनिष शाहीले कोरस भोकल दिएका छन् ।

डिजे एएनको म्युजिक एरेन्ज रहेको उक्त गीतको भिडियोलाई आकर्षक ढंगले अनिल कटुवालले खिचेका हुन् ।

भोला तिमल्सिनाको निर्देशनमा बनेको उक्त भिडियोलाई अरुण कटुवालले सम्पादन गरेका हुन्।

गीतको भिडियोमा जेन्टल सबिन , लक्ष्मी राना , पैसा घिमिरे , मैथली नायक भारत शाह र जेनिथ आचार्यको अभिनय रहेको ।

गीतको आकर्षक भिडियोले हेरुञ्जेल दर्शकको ध्यान खिच्ने बिस्वास र्यापर आचार्यको छ।

बिशुद्ध मनोरन्जनका लागि निर्माण गरिएको अडियो तथा भिडियोको बिसयमा नकारात्मक धारणा नबानाउन निर्देशक तिमल्सिनाले सम्पूर्ण दर्शक तथा श्रोताहरुलाई आग्रह गरेका छन्।

भर्खरै

लोकप्रिय