बैतडीमा आजदेखि दैनिक ११ घण्टा सम्म बत्ति जाने

बैतडीमा आजदेखि दैनिक ११ घण्टा सम्म बत्ति जाने

कैलाली । मर्मत सुधारको काम सञ्चालन भएपछि बैतडीमा आजदेखि दैनिक ११ घण्टा सम्म बत्ति जाने भएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका अनुसार आज (जेठ १०) देखि जेठ २० गते सम्म दैनिक बिहान ६ देखि बेलुका ५ बजेको समयमा विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको छ ।

बैतडी स्थित ३३ र ११ केभी प्रशारण लाइनमा लागेका रुखहरुको हांगाबिंगा छेकान गर्नुपर्ने भएकाले बजार फिडरका विभिन्न क्षेत्रमा जेठ १० गतेदेखि २० गतेसम्म विद्युत सेवा अबरुद्ध हुने प्राधिकरण वितरण केन्द्रले बताएको छ । प्राधिकरणले मर्मतको काम २० गते भन्दा अगाबै सकिएमा पुनः बत्ति नियमित रुपमा आउने बताएको छ ।

लोकप्रिय