April 20, 2021, Tuesday
२०७८ बैशाख ७

एनएमबी क्यापिटलको ढिलासुस्तीले ज्योतिलाईफको आइपीओ फाँडफाँट अर्को शुक्रवार मात्रै

एनएमबी क्यापिटलको ढिलासुस्तीले ज्योतिलाईफको आइपीओ फाँडफाँट अर्को शुक्रवार मात्रै

काठमाडौं-सर्वसाधारणका लागी गत फाल्गुन २१ गते बाट बिक्री खुल्ला गरेर फाल्गुन २६ गते सम्म आइपीओ जारी गरेको ज्योति लाइफ ईन्सुरेन्स कम्पनीको शेयर अर्को शुक्रवार मात्र बाडफाड हुने भएको छ ।

एनएमबी क्यापिटलको ढिलासुस्तीका कारण शेयर बाडफाडको तालीका अर्को साताका लागी धकेलिएको हो ।

आज शुक्रबार शेयर बाँडफाँट हुने कार्यतालीका रहेकोमा एनएमबी क्यापिटलल आवेदन प्रमाणित गरेकाले बाँडफाँट कार्यतालिका एकसाता पर धकेलिएको हो ।

गत साता कम्पनीले निष्काशन गरेको साधारण शेयरमा अहिले सम्मकै धेरै आवेदन परेको थियो ।

कम्पनीले जारी गरेको आइपीओमा आबेदन दिनेको संख्या १८ लाख ३२ हजार भन्दा बढ़ी रहेको एनएमबी क्यापिटलले जानकारी दिएको छ ।

माग भन्दा अधिक ठूलो मात्रामा आवेदन परेसँगै आवेदन प्रमाणितको कार्यले धेरै समय लिएको क्यापिटलले जनाएको छ ।

१८ लाख ३२ हजार भन्दा बढि़ले आबेदन दिएकोले गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँट गर्दा ६ लाख ६६ हजार आबेदकलमात्रे १० कित्ताका दरले शेयर हात पार्ने छन ।

भर्खरै

लोकप्रिय