कांग्रेस भक्तपुर क्षेत्र नं २ प्रदेशसभा ‘क’ प्रथम सम्मेलन–२०८० आयोजना हुँदै

कांग्रेस भक्तपुर क्षेत्र नं २ प्रदेशसभा ‘क’ प्रथम सम्मेलन–२०८० आयोजना हुँदै

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ प्रदेश सभा (क) क्षेत्रिय कार्यसमितिको आयोजनामा कार्तिक १८ गते शनिबार चिनारी दधिकोट पार्टी प्यालेस सुर्य बिनायक नगर पालिका वडा ४ दधिकोटमा प्रदेश शभा सम्मेलन गर्ने भएको छ ।

आज (सोमबार) उक्त सम्मेलनको लोगो सार्वजनिक गर्दै पार्टी सभापति दुर्लभ थापाले सम्मेलनले कार्यकर्तामा उर्जा थप्ने र यस्ता खालका गतिबिधिले संगठन चलाएमान र जनताका कुरा बुझ्ने सुवर्ण अवसर हुने बताए । साथै यसलाई व्यक्ति बिशेष भन्नु भन्दा ईमान्दार साथ गरेको आफ्नो कामले पार्टीलाई बलियो बनाउन मद्दत बताए । साथै त्यसैले संगठन मजबुत र कार्यकर्ताको भावना र जनताको पिडा बुझ्ने थलोको रूपमा बुझेर सबै एकजुट भई सम्मेलन सफल पार्न लाग्न आग्रह गरे ।

कांग्रेसका सह–महामन्त्री भिष्मराज आड.दम्बेको आतिथ्यतामा हुन गईरहेको प्रदेस सभा क सम्मेलन–२०८० को लोगो सार्वजनिक कार्यक्रममा कांग्रेस जिल्ला सभापति तथा सांसद दुर्लभ थापा, कांग्रेसका केन्दिय सदस्य सांसद रमा कोईराला पौडेल, प्रदेश सभा (क) सभापति प्रदिप कार्कीले संयुक्त रूपमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा यस खाले सम्मेलनले पार्टी सुढिकरण, गतिशिल र क्रियासिल बनाउन र सककगठनमा उर्जा थपिने कांग्रेस नेताहरुको विश्वास छ । कार्यक्रममा प्रदेश सभापति प्रदिप कार्कीले सम्मेलनले सबै कार्यकर्ताहरुलाई रक्तसंञ्चारको काम गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम प्रतिबेदनमा रहनेहुनाले पार्टी संगठनको भाबि कार्ययोजना निर्दिष्ट भर्ने, पार्टीलाई बलियो बनाउन गतिशिल बनाउन कार्यकर्ताहरुलाई सक्षम र सबल बनाउन मद्दत गर्ने बिश्वास ब्यक्त गरे ।

साथै सबै कांग्रेसको बिभिन्न तह र तप्कतामा हरेका जिम्मेबार ब्यक्ति,नेपाली काग्रेस शुभचिन्तक भातृसंगठन प्रतिनिधि, जनप्रतिनिधि एवम् अग्रज ब्यक्तित्वहरुले सम्मेलन भब्य र सभ्य रुपमा सफल बनाउन आग्रह गरेका छन् ।

लोकप्रिय