April 20, 2021, Tuesday
२०७८ बैशाख ७

नेपालमा ६ साताभित्र कोरोनाको नयाँ भेरियन्ट संक्रमितको संख्या बढ्न सक्ने ?

नेपालमा ६ साताभित्र कोरोनाको नयाँ भेरियन्ट  संक्रमितको संख्या बढ्न सक्ने ?

काठमाडौं – नेपालमा कोरोनाको नयाँ भाइरस फैलिँदो क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हाल विश्वभर तीन प्रकारका कोरोना अस्तित्वमा छन् ।
बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएका भाइरस बढी संक्रामक रहेको पाइएको छ । हाल नेपालमा नमूना परीक्षणमा यूके भेरिन्यटसँग मिल्दोजुल्दो भाइरस देखिएको महाशाखाले जनाएको छ । विश्वमा देखिएका कोरोनाको तीनवटै भेरिन्यट हाल भारतमा फैलिएको हुँदा नेपालमा पनि थप जोखिम पर्ने देखिएको छ । नेपालमा ६ हप्ताभित्र कोरोना संक्रमण संख्या बढ्ने निश्चित भएकाले सावधान हुन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भर्खरै

लोकप्रिय