एक करोडको साप्ताहिक ब्याज ५ लाख सम्म लिएको आरोप

एक करोडको साप्ताहिक ब्याज ५ लाख सम्म लिएको आरोप

सिरहा । सिरहाका व्यवसायी महेस साह कोक्बाले १ करोड रूपैयाँ ऋण उपलब्ध गराएबापत साताको ५ लाख रूपैयाँसम्म ब्याज लिने गरेको पाइएको छ । सिरहा जिल्लामा करिब ५ सय जनालाई खेपीब्याजमा ऋण दिएका महेसकै कारण गोलबजारकै एबी मल सङ्कटग्रस्त बनेको छ ।

महेसले क श्रेणीको एक राष्ट्यि बैंकबाट राईस मिल स्तरीकरणका नाममा लिएको ७५ करोड रूपैयाँ मिटरब्याजमा लगाएर अपचलन गरेको भेद पनि यहिबेला खुलेको छ । महेसको गोलबजारमा जेठो छोराको नाममा खोलेको कौशल राईश मिल र धमिनी उद्योग राईस मिलको नाममा हाल कुमारी बैकंमा मर्ज भएको एनसिसि बैंकबाट ७५ करोड रूपैयाँ सहुलियत ब्याजमा ऋण लिएका थिए । उक्त ऋण राईस मिल स्तरीकरणमा लगानी नगरी खेपीब्याजमा लगानी गरेको भन्दै कुमारी बैंकले महेसलाई ब्ल्याक लिष्टमा राखेको बैंकस्रोतले जानकारी दिएको छ ।

महेसले एक लाख रूपैयाँ देखि १० करोड रूपैयाँसम्म खेपीब्याजमा लगाउँदै आएको बताईन्छ । स्रोत भन्छ (खेपीब्याजमा ऋण दिनुपर्दा महेसले जग्गा पासमात्रै गर्दैनन् , चेक लिन्छन, दोहोरो कागजहरू बनाउँछन् र कतिपयको सुन राख्छन् ।

केही समयअघि बलात्कार केसमा पक्राउ परेका महेस करिब ३ महिना थुनामा परेकाथिए । बलात्कार केसको मुद्दामा उनलाई सिरहा जिल्ला अदालतले सफाई दिएको थियो । बलत्कारको केस मिलाउन करिब २ करोड रूपैयाँ खर्चिएका मनोजले पिडित महिलालाई १० लाख रूपैयाँ दिएर बयान परिवर्तन गर्न लगाएको बताईन्छ । अहिले उक्त बलत्कार मुद्दा राजविराजस्थित उच्च अदालतमा चलिरहेको छ ।

खेपीब्याज तिर्ननसक्दा सयभन्दा बढिले महेसलाई घरघडेरी पास गरिदिनुपरेको बताईएका छन् । धेरैलाई घरबारबिहीन बनाएका महेस नवधनाढ्य मानिन्छन् ।

लोकप्रिय