राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ । धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बिहान ९ बजे बैठक सुरु हुने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयीक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफलको एजेन्डा पेस गर्नेछन् ।

यस्तै बैठकमा महासचिवले सांगठानिक प्रतिवेदन तथा र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने श्रेष्ठले बताए । यसअघि पार्टीले चलाएको अभियानको समिक्षा गर्दै आगामी आन्दोलनका कार्यक्रम तय गर्ने राप्रपाले जनाएको छ । बैठक पर्सि सम्म चल्नेछ ।

लोकप्रिय