May 6, 2021, Thursday
२०७८ बैशाख २३

भेरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

भेरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं – बाँकेको भेरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित स्टाट नर्सको मृत्यु भएको छ ।
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको भेरी अस्पतालका मेसु डा प्रकाशबहादुर थापाले बताए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनअघि उनी भेरी अस्पतालमा भर्ना भएकी उपचारकै क्रममा आज बिहान करिब १० बजे मृत्यु भएको थापाले बताए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि ३-४ दिनयता भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।

भर्खरै

लोकप्रिय