May 6, 2021, Thursday
२०७८ बैशाख २३

२४ घण्टामा १ हजार दुई सय ८१ जना कोरोना संक्रमण पुष्टि

२४ घण्टामा १ हजार दुई सय ८१  जना कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
आज स्वास्थ्य मन्त्रालयका अनुसार देशभरमा ७ हजार ५४८ परीक्षण गदा १ हजार २८१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशभरीमा दुई सय ५५ जना निको भएका छन् । आजसम्म नेपालमा कूल संक्रमित संख्या २ लाख ८५ हजार ९०० पुगेको छ ।
हालसम्म नेपालमा कूल कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ हजार ९१ जना पुगेको छ ।

भर्खरै

लोकप्रिय