May 6, 2021, Thursday
२०७८ बैशाख २३

बुधबार नेप्से परिसूचक १३.७९ अंकले घट्यो

बुधबार नेप्से परिसूचक १३.७९ अंकले घट्यो

काठमाडौं – बुधबार नेप्से परिसूचक १३.७९ अंकले घटेको छ ।
नेप्से परिसूचक १३.७९ अंकले घटेर नेप्से परिसूचक आज २५८५.२८ विन्दुमा रोकिएको छ ।
मंगलवार नेप्से परिसूचक ९२ अंकले बढेको थियो । तर,विहीबारदेखि निषेधाज्ञा गर्ने सरकारको निर्णयसँगै नेप्सेमा गिरावट आएको लगानीकर्ता बताउँछन् । आज नेप्सेको कारोबार रकममा पनि गिरावट आएको छ । आज ८९ लाख ६५ हजार ५८८ कित्ताको किनबेचमा ३ अर्ब ९९ करोड ४३ लाख १ हजार २३६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज महिला लघुवित्त र विशाल बजारको शेयर मूल्य क्रमश १०-१० प्रतिशतले वृद्धि भएको छ । आज एनसीसी बैंकको कारोबार सबैभन्दा धेरै २८ करोड रुपैयाँ बराबरको भएको छ । आज अपरतामाकोशीको शेयर कारोबार आज १६ करोड रुपैयाँ बराबरको भएको छ ।

भर्खरै

लोकप्रिय