June 15, 2021, Tuesday
२०७८ असार २

सीमासँग जोडिएका सिरहाका सबै नाका बन्द

सीमासँग जोडिएका सिरहाका सबै नाका बन्द

काठमाडौं -नेपाल–भारतसँग जोडिएका सिरहाका सबै सिमानाका सिल गरिएको छ । कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा निन्त्रणका लागि भन्दै सिरहाका सबै सिमानाका सिल गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जानकारी दिनुभयो ।भारतीय सिमाक्षेत्रसँग जोडिएका ठाडी, बरियारपट्टी, औरही, झाझपट्टीलगायत सबै नाकाबाट आवतजावत गर्न अब पूर्ण रोक लगाइएको प्रजिअ कणेँलले बताउनुभयो । बढ्दो कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी भारतीय सिमासँग जोडिएका नाकाहरू सिल गरिएको उहाँको भनाइ छ ।

भर्खरै

लोकप्रिय