पैसाको आडमा मधेशलाई दिनहुँ बलत्कार गरिरहेका ‘कोक्बा’हरूका नाममा

नेपालीहरूको महान चाडहरूले भर्खरै बिदा लिएका छन् । हिउँद लागेसँगै नेपाली जीवनहरूका दैनिकीमा केही फेरबदल हुन्छ नै । खेतका पहेँलपुर धानहरू काटेर थन्क्याउने चटारो उस्तै छ । बढेको चिसोसँगै चिया पसलहरूमा भिड बढ्न थालेको छ । तातो कपडासँगै मदिराको व्यापार बढ्न थालेको छ । जाडो बढेर के भो र ! तर, केही समयदेखि सिरहाको जिल्ला प्रशासन कार्यालयमा बढेको भिड घटेको छैन, झन्झन् बढिरहेको छ ।

मिटरब्याजको प्यारामिटरले सिडियोकोमा भिड झनझन् तन्किईरहेको छ । संभबत: सँघार टेकिसकेको संभाबित कठ्याङ्ग्रिने जाडोले पनि त्यो भिड कम हुनेछैन । किनभने धारासायी बन्दै गएको अर्थतन्त्रको मैझारोमा महेस साह (कोक्बा) हरूको खेपीब्याजले तन्नम बन्दै गएका मधेशबासीहरूको न्यायको झिनो आशा प्रमुख जिल्ला अधिकारी हुन् । हुन त मनोज साहहरूको कालो पैसाले न्यायलय समेत प्रभाबित हुने देशमा प्रमुख जिल्ला अधिकारी समेत निरीह हुनुपर्ने ठाउँ हो यो ।

कोक्बाका कर्तुतहरू मिडिया मार्फत छरपस्ट भएपछि ब्यक्तिगत बिज्ञप्ति निकालेर चोखिन खोजेकाछन् । उनका दुबै राईस मिलका बार्षिक अडिट सहित बर्सेनि ती राईस मिलहरूले राज्यलाई तिरेको राजश्व र लागत आम्दानीको फेहरिस्त सूचनाको हक प्रयोग गरेर साधारण नागरिकले पनि प्राप्त गर्न सक्छन् भन्ने कोक्बालाई साधारण ज्ञान पनि रहेनछ ।

त्यसमाथी खोज पत्रकार नै पछिलाग्दा कोक्बाको खेपी ब्याजको साम्राज्य त के मन्त्रि, प्रधानमन्त्रि र जार शासकहरूको साम्राज्य समेत सँधाका लागि ढलेको ईतिहासबारे जानकारी हुने कुरै भएन ।

राईस मिल सञ्चालनको आवरणमा खेपीब्याजको धन्दा चलाईरहेका सिरहा, गोलबजारका कोक्बाले मोलेको चुनौति उनैलाई घातक सिद्व हुने दीन टाढा छैन । महेस साह यदि निर्दोष हुन भने व्यापार सँघहरूले उनका कर्तुतबारे प्रकाशित शिलशिलेबर समाचारहरूको खण्डन किन गरेनन् ? बिचरणीय प्रश्न हो यो ।

स्रोतकाअनुसार महेस साह उद्योग वाणिज्य सँघका अध्यक्षलाई समाचार खण्डन गरिदिन दबाब दिन थालेका छन् । महेस साहको कर्तुतबारे जानकार जिल्लस्थित ब्यापार संघले १ करोड रूपैयाँ ऋण उपलब्ध गराएबापत साताको ५ लाख रूपैयाँसम्म ब्याज लिने गरेको पिडितहरूले आरोप लगाएका छन् ।

सिरहा जिल्लामा करिब ५ सय जनालाई खेपीब्याजमा ऋण दिएका महेसकै कारण गोलबजारको एबी मल सङ्कटग्रस्त बनेको छ ।

महेसले क श्रेणीको एक राष्ट्रिय बैंकबाट राईस मिल स्तरीकरणका नाममा लिएको ७५ करोड रूपैयाँ मिटरब्याजमा लगाएर अपचलन गरेको भेद पनि यहिबेला खुलेको छ ।

महेसको गोलबजारमा जेठो छोराको नाममा खोलेको कौशल राईश मिल र धमिनी उधोग राईस मिलको नाममा हाल कुमारी बैकंमा मर्ज भएको एनसिसि बैंकबाट ७५ करोड रूपैयाँ सहुलियत ब्याजमा ऋण लिएका थिए । उक्त ऋण राईस मिल स्तरीकरणमा लगानी नगरी खेपीब्याजमा लगानी गरेको भन्दै कुमारी बैंकले महेसलाई ब्ल्याक लिष्टमा राखेको बैंकस्रोतले जानकारी दिएको छ ।

महेसले एक लाख रूपैयाँ देखि १० करोड रूपैयाँसम्म खेपीब्याजमा लगाउँदै आएको बताईन्छ । स्रोत भन्छ,खेपीब्याजमा ऋण दिनुपर्दा महेसले जग्गा पासमात्रै गर्दैनन् , चेक लिन्छन् , दोहोरो कागजहरू बनाउँछन् र कतिपयको सुन राख्छन् ।

केही समयअघि बलात्कार केसमा पक्राउ परेका महेस करिब ३ महिना थुनामा परेका थिए ।

बलात्कार केसको मुद्दामा उनलाई सिरहा जिल्ला अदालतले सफाई दिएको थियो । बलत्कारको केस मिलाउन करिब २ करोड रूपैयाँ खर्चिएका मनोजले पिडित महिलालाई १० लाख रूपैयाँ दिएर बयान परिवर्तन गर्न लगाएको बताईन्छ । अहिले उक्त बलत्कार मुद्दा राजविराजस्थित उच्च अदालतमा चलिरहेको छ ।

खेपीब्याज तिर्ननसक्दा सयभन्दा बढिले महेसलाई घरघडेरी पास गरिदिनुपरेको बताईएको छ । धेरैलाई घरबारबिहीन बनाएका महेस नवधनाढ्य मानिन्छन् ।

अत: हजारौँले ज्यान गुमाएको , हजारौँ अङ्गभङ्ग र बेपत्ता भएको पटकपटकको राजनीतिक विद्रोह , सशस्त्र संघर्ष र जनआन्दोलन नवनामुद मिटरब्याजी भन्दा ठूलो अपराधी मनोज साह कोक्बाहरूलाई समाजवादउन्मुख राज्यले कार्बाहीको दायरामा नल्याए कलमको विद्रोह जारी रहने छ ।

लोकप्रिय