हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सका नयाँ कप्तान

हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सका नयाँ कप्तान

काठमाडौँ । भारतीय क्रिकेटर हार्दिक पाण्ड्यालाई इण्डियन प्रिमियर लिग आईपीएलको टिम मुम्बई इन्डियन्सले कप्तान बनाएको छ । समाचार एजेन्सी पीटीआईले यसबारे समाचार प्रकाशित गरेको छ ।

यसअघि भारतीय टोलीका कप्तान रोहित शर्माले यो टोलीको कप्तानी गर्दै आएका थिए । पाण्ड्याले यसअघि गुजरात टाइटन्सको कप्तानी गरेका थिए । रोहित शर्मा अब आईपीएलमा कुन भूमिकामा रहने छन् भन्नेबारे अहिलेसम्म कुनै खुलासा नभएको समाचारमा जनाइएको छ ।

लोकप्रिय