May 5, 2021, Wednesday
२०७८ बैशाख २३

ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

काठमाडौं – आज बिहान भारतीय ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एकजना युवकको मृत्यु भएको छ ।
झापाको मेचीनगर नगरपालिका– ७ स्थित पश्चिमबाट पूर्व आउदै गरेको डब्लुवि ७३ वी ३३२४ नम्बरको भारतीय मिनी ट्रकले डेरी उद्योगबाट दहि लिएर राजमार्ग क्रस गर्दै क्रमा ३२ वर्षीय मनोज मेचेलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

घाईते मेचेलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल लगिएको र उनको उपचारको क्रममा आज विहान दश बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । प्रवक्ता थापाका अनुसार अहिले ट्रक इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा छ भने चालक फरार रहेको बताएकाृ छ ।

भर्खरै

लोकप्रिय