घट्यो आइफोनको मूल्य, नेपालमा कति ?

घट्यो आइफोनको मूल्य, नेपालमा कति ?

काठमाडौं । विश्व बजारमै एप्पलले आइफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आइफोनको विभिन्न सिरिज र त्यसको मोडलको मूल्य घटाइएको हो । नयाँ मूल्य सूचीअनुसार गत सेप्टेम्बरमा सार्वजनिक आइफोन १५ को विभिन्न मोडलको मूल्य पनि घटाइएको छ ।

यसभन्दा अघि १२८ जिबी क्षमता भएको आइफोन १५ को मूल्य एक लाख ४५ हजार तीन सय ९० रूपैयाँ पर्नेमा नयाँ मूल्य एक लाख ३५ हजार दुई सय रूपैयाँ तोकिएको छ । १ टिबी क्षमताको आइफोन १५ प्रो म्याक्सको नयाँ मूल्य दुई लाख ८९ हजार नौ सय रूपैयाँ तोकिएको छ ।

यसभन्दा अघि यसको मूल्य दुई लाख ९६ हजार नौ सय ९९० रूपैयाँ थियो । कम्पनीले आइफोन ११, आइफोन १२, आइफोन १३ र आइफोन १४ को मूल्य पनि घटाएको छ ।

लोकप्रिय