May 6, 2021, Thursday
२०७८ बैशाख २३

शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु,६ जना घाइते

शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु,६ जना घाइते

काठमाडौं – बैतडीमा शव बोकेको एक जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जाँदै गरेको से १ ज १८३ नम्बर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु अन्य ६ जना घाइतेसमेत भएका छन् ।

पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । चट्याङ लागेर ज्यान गुमाएका वडा सदस्यको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने क्रममा जीप दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

भर्खरै

लोकप्रिय