June 15, 2021, Tuesday
२०७८ असार २

कोरोना संक्रमणबाट तीन जना सेनाका को मृत्यु

कोरोना संक्रमणबाट तीन जना सेनाका को मृत्यु

काठमाडौं – नेपाली सेनाका तीन जनशक्तिको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।
सैनिक प्रवक्ता पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ संक्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको संख्या पाँच हजार २०१ रहेको छ । सेनामा हाल कोरोना संक्रमणबाट सक्रिय संक्रमितको संख्या ११४ रहेको छ । नेपालमा हालसम्म तीन लाख ५१ हजार पाँच कोभिड–१९ बाट संक्रमित भएकामा दुई लाख ८७ हजार ७९० निको भएको सिसीएमसीबाट थाहा भएको छ ।

हाल सक्रिय संक्रमितको सङ्ख्या ५९ हजार ७९८ छ भने तीन हजार ४१७ जनाको निधन भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै पनि कोरोनाका सात हजार ५८७ नयाँ संक्रमित थपिएको, एक हजार ७७५ निको भएको तथा ५५ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भर्खरै

लोकप्रिय