देशका विभिन्न क्षेत्रमा बर्षाको सम्भावना

देशका विभिन्न क्षेत्रमा बर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेसंगै देशका विभिन्न क्षेत्रमा दिउँसो देखि साँझ सम्म बर्षाको अनुमान गरिएको छ ।

देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना अनुमान गरिएको छ ।

लोकप्रिय