June 15, 2021, Tuesday
२०७८ असार २

कुवेतमा कोरोना संक्रमणबाट दुई नेपालीको मृत्यु

कुवेतमा कोरोना संक्रमणबाट दुई नेपालीको मृत्यु

काठमाडौं – कुवेतमा एकै दन कोरोना संक्रमणबाट दुई नेपालीको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा विराटनगरका सन्तोष कुमार दर्जी र स्याङ्गजाका बम बहादुर पुलामी दुवै जनाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको गैरआबासीय नेपाली संघ (एनआरएनए) कुवेतका महासचिव दिल कुमार पाख्रिनले जानकारी दिएका छन् ।

पछिल्लो समय कुवेतमा कोरोना संक्रमण बढेसंगै ठूलो संख्यामा नेपालीहरु पनि संक्रमित भएको अनुमान गरिएको छ । यस्तै, कोरोनाको महामारी तीव्र रुपले फैलिएसंगै एनआरएनए कुवेतले त्यहाँ कार्यरत रहेका नेपालीहरुलाई सचेत रहन आग्राह गरेको छ ।
संघले एक विज्ञप्ति मार्फत कोरोनाका करण दुई नेपालीले ज्यान गुमाएकोमा दुख ब्यक्त गर्दै सबैलाइ आ-आफ्नो ठाउँमा सुरक्षित रहन भनेको छ । कुवेत सरकारले कोरोना नियन्त्रणका लागि तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै सार्वजनिक स्थलमा हिँडडुल नगर्न र गर्नै पर्ने भए अनिवार्य मास्क प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न गरी सुरक्षित रहन संघले आग्रह गरेको छ ।

भर्खरै

लोकप्रिय