May 6, 2021, Thursday
२०७८ बैशाख २३

भारतको नयाँदिल्लीमा एक साताको लागि लकडाउन घोषणा

भारतको नयाँदिल्लीमा एक साताको लागि लकडाउन घोषणा

काठमाडौं – भारतको राजधानी नयाँदिल्लीमा अर्काे सोमबार रातिदेखि लागू हुने गरी एक साताको लागि लकडाउन घोषणा गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अर्को सोमबार बिहानसम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
भारतमा पछिल्लो समयदेखि निरन्तर रुपमा कोरोना संक्रमण बढेको भन्दै केजरीवालले सर्वसाधारणलाई यो लकडाउनको पालना गर्न आग्रह गरेका छन् । भारतको नयाँदिल्लीमा एक साताको लकडाउनको क्रममा मानिसहरुलाई घरभित्रै बस्न केजरीवालले आग्रह गरेका छन् । उनले अत्यावश्यक सेवा यो अवधिमा पनि सञ्चालन हुने बताएका छन् । विवाहका लागि नरोक्ने तर ५० जनाभन्दा धेरै भेला हुन नपाइने उनको भनाइ छ । केजरीवालले बताएका अनुसार भारतमा पछिल्लो केही समययता दैनिक २५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिइरहेको भन्दै यो निर्णय गर्नु आफ्नो बाध्यता रहेको बताएका छन् । यो लकडाउनले कोरोना संक्रमण अन्त्य नभए पनि संक्रमण दरमा कमी ल्याउन सक्ने बताए ।

भर्खरै

लोकप्रिय