चार देशीय टी–२० सिरिजको फाइनलमा आज नेपाल र कुवेत भिड्दै

चार देशीय टी–२० सिरिजको फाइनलमा आज नेपाल र कुवेत भिड्दै

काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० सिरिजको फाइनल खेल आज हुँदै छ ।

फाइनल खेल नेपाल र कुवेतबीच हुदैछ । यो खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि शुरु हुदै छ । शनिबार हङकङविरुद्धको खेल बर्षाले पुरा हुन नसकेपछि दुवैले एक एक अंक बाँडेसँगै नेपाल फाइनलमा पुगेको हो । नेपाल ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ भने कुवेत ३ खेलमा ४ अंकसहित फाइनलमा पुगेको हो । नेपालले यसअघि लिग चरणमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो ।

त्यस्तै आज तेस्रो स्थानको लागि हङकङ र कतार खेल्दैछन् । यो खेल नेपाली समय अनुसार बिहान ६ः४५ बजेदेखि शुरु हुने छ । यो सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र कुवेत रहेकाछन् । यस सिरिजका लागि रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, कुशल मल्ल र शहाब आलम खेलिरहेका छन ।

 

लोकप्रिय