आइपिएल खेलमा चेन्नई ५ विकेटले विजयी

आइपिएल खेलमा चेन्नई ५ विकेटले विजयी

काठमाडौं । चेन्नई सुपर किंग्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

जारी आइपिएल अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नईले लखनउलाई ५ विकेटले पराजित गरेको हो । लखनउले दिएको १६७ रनको लक्ष्य पछाएको चेन्नईले १९।३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

चेन्नईको जितमा शिभम दुवेले ४३, रचिन रविन्द्रले ३७, शैक रशीदले २७ र महेन्द्र सिंह धोनीले २६ रन अविजित बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै १६६ रन बनाएको थियो । लखनउका लागि कप्तान ऋषव पन्तले सर्बाधिक ६३ रन बनाएका थिए भने मिचेल मार्शले ३० रन बनाएका थिए ।

जारी आइपिएलमा चेन्नईको यो दोस्रो जित हो । ७ खेलमा २ जीत र ५ हारसहित चेन्नई पुछारमै रहेको छ । त्यस्तै लखनउको भने यो तेस्रो हार हो । ७ खेलमा ४ जित र ३ हारसहित लखनउ चौथो स्थानमा रहेको छ ।

लोकप्रिय