चेन्नईमाथि मुम्बई इण्डियन्स ९ विकेटले विजयी
काठमाडौं । मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।
जारी आइपिएल अन्तर्गत गएराती सम्पन्न खेलमा मुम्बई इण्डियन्सले चेन्नईलाई ९ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १७७ रनको लक्ष्य पछाएको मुम्बईले १५।४ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
मुम्बईको जितमा रोहित शर्माले अविजित ७६ रन बनाए भने सूर्यकुमार यादवले अविजित ६८ रन बनाएका थिए । त्यसैगरी रयान रिकेलटनले २४ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १७६ रन बनाएको थियो । चेन्नईका लागि रविन्द्र जडेजाले सर्बाधिक ५३, शिभम दुवेले ५० र आयुष महात्रेले ३२ रन बनाएका थिए । त्यसैगरी मुम्बईका बलर जसप्रित बुमराहले २ तथा दीपक चहर, आश्विनी कुमार र मिचेल सान्टनरले एक एक विकेट लिएका थिए ।
यो जितपछि मुम्बईको ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक भएको छ र छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै चेन्नईले भने छैटौ हार बेहोरेको छ । चेन्नईको ८ खेलमा ४ अंक छ र अंक तालिकामा पुछारमा रहेको छ ।


प्रतिकृया दिनुहोस्