दिल्लीलाई ६ विकेटले हराउँदै बैंगलुरु शीर्ष स्थानमा
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ६ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १६३ रनको लक्ष्य पछाएको बैंगलुरुले १८.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
बैंगलुरुको जितमा क्रुनाल पाण्डेयले अविजित ७३ रन बनाएका थिए भने विराट कोहलीले ५१ र टिम डेविडले अविजित १९ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै १६२ रन बनाएको थियो । दिल्लीका लागि केएल राहुलले सर्बाधिक ४१ रन बनाए भने ट्रीस्टन स्टब्सले ३४, अभिषेक पोरेलले २८ र फाफ डु प्लेसिसले २२ रन बनाएका थिए । त्यसैगरी बैंगलुरुका बलर भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए भने जोश हजेलवूडले २ विकेट लिएका थिए ।
यो जित पछि बैंगलुरु आइपिएलको शिर्ष स्थानमा उक्लिएको छ । १० खेलमा ७ जित र ३ हारसहित १४ अंक बटुल्दै बैंगलुरु शिर्ष स्थानमा उक्लिएको हो । त्यस्तै दिल्ली भने यो हारपछि चौथो स्थानमा झरेको छ । दिल्लीको ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक रहेको छ ।


प्रतिकृया दिनुहोस्