लिभरपुलले जित्यो यस सिजनको प्रिमियर लिगको उपाधि

लिभरपुलले जित्यो यस सिजनको प्रिमियर लिगको उपाधि

काठमाडौं । लिभरपुलले यस सिजनको इङलिश प्रिमियर लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न खेलमा टोटनह्यामविरुद्ध ५–१ गोल अन्तरको जित हासिल गर्दै लिभरपुलले सिजनका चार खेल अघि नै लिगको उपाधि जितेको हो । यो जितपछि लिभरपुलले सबैभन्दा बढी २० पटक लिग जित्ने म्यानचेस्टर युनाइटेडको रेकर्डको बराबरी समेत गरेको छ ।

जितपछि लिभरपुलको ३४ खेलमा ८२ अंक भएको छ । लिभरपुल हाल दोस्रो स्थानमा रहेको आर्सनल भन्दा स्पष्ट १५ अंकले अगाडी रहेको छ । लिभरपुलले पछिल्लो पटक २०१९/२० सिजनको लिग जितेको थियो । त्यस यता लगातार म्यानचेस्टर सिटीको प्रिमियर लिगमा रहेको दबदबालाई तोड्दै यस सिजनमा लिभरपुलले उपाधि जितेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडले भने पछिल्लो पटक २०१२/१३ सिजन जिते यता प्रिमियर लिग जित्न सकेको छैन ।

 

लोकप्रिय