१४ बर्षिय वैभवको आक्रामक शतक,राजस्थान ८ विकेटले विजयी
काठमाडौं । राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।
जारी आइपिएल अन्तर्गत राजस्थान रोयल्सले गुजरातलाई ८ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २१० रनको लक्ष्य पछाएको राजस्थानले १५.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
राजस्थानको जितमा १४ बर्षिय वैभव सुर्यवंशीले शतकीय पारी खेलेका थिए । ३४ बलमा आफ्नो शतक पुरा गरेका वैभवले १०१ रन बनाएर आउट भएका थिए । त्यसैगरी यशस्वी जैसवालले ७० रन बनाएका थिए भने कप्तान रियान परागले ३२ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउदै २०९ रन बनाएको थियो । गुजरातका लागि शुभमन गिलले सर्बाधिक ८४ रन बनाएका थिए भने जोस बटलरले ५० र साइ सुदर्शनले ३९ रन बनाएका थिए । यो राजस्थानको यस सिजनमा तेस्रो जित हो । १० खेलमा ३ जित र ७ हार बेहोरेको राजस्थान ६ अंकसहित आठौ स्थानमा रहेको छ । त्यसैगरी गुजरातको भने ९ खेलमा १२ अंक रहेको छ र तेस्रो स्थानमा झरेको छ ।


प्रतिकृया दिनुहोस्