पोर्चुगलको यू-१५ टिमबाट रोनाल्डो जुनियरको डेभ्यु
काठमाडौं । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले पोर्चुगलको यू–१५ टिमबाट आफ्नो डेभ्यु गरेका छन् ।
रोनाल्डो जुनियरले जापान यू–१५ विरुद्ध खेलको ५३औं मिनेटमा मैदानमा प्रवेश गर्दै पोर्चुगलका लागि डेभ्यु गरेका हुन् । यो खेल पोर्चुगलले ४–१ ले जितेको थियो । यस खेलमा जुनियरले कुनै गोल भने गरेनन् ।
रोनाल्डोले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै जुनियरले पोर्चुगलका लागि डेभ्यु गरेकोमा बधाई दिँदै आफुले गर्व गरेको लेखेका छन् । क्रोसियामा जारी भ्लात्को मार्कोभिक प्रतियोगितामा पोर्चुगलसहित ८ देशका यू–१५ टिमले भाग लिइरहेका छन् । जसमा ४–४ देशलाई दुई समुहमा राखिएको छ । समुह ‘ए’ मा क्रोसिया, रोमानिया, फ्रान्स र स्वीजरल्याण्ड रहेका छन् भने समुह बी मा पोर्चिगल, ग्रीस, इङल्याण्ड र जापान रहेका छन् ।


प्रतिकृया दिनुहोस्