राजस्थान रोयल्समाथि पञ्जाव १० रनले विजयी

राजस्थान रोयल्समाथि पञ्जाव १० रनले विजयी

काठमाडौं। पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ ।

पञ्जावले दिएको २२० रनको लक्ष्य पछाएको राजस्थान रोयल्सले २० ओभरमा ७ विकेट गुमाउदै २०९ रन बनाएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले सर्बाधिक ५३ रन बनाए भने यशस्वी जयसवालले ५० रन बनाएका थिए । त्यसैगरी वैभव सुर्यवंशीले ४० रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ५ विकेट गुमाउदै २१९ रन बनाएको थियो ।

पञ्जावका लागि नेहाल वाढेराले सर्बाधिक ७० रन बनाएका थिए भने शशांक सिंहले अविजित ५९ रन बनाए भने कप्तान श्रेयस अय्यरले ३० तथा प्रभसिमरन सिंहर अज्मतुल्लाह ओमरजाईले २१(२१ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर तुषार देशपाण्डेले २ विकेट लिएका थिए भने रियान पराग, आकाश मधवाल र क्वेना एम्फाकाले एक एक विकेट लिएका थिए ।

यो जितपछि पञ्जावको १२ खेलमा १७ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । साथै पञ्जाव प्लेअफको दौडबाट एक जित टाढा रहेको छ । त्यस्तै राजस्थानको भने १३ खेलमा ६ अंक रहेको छ र अब यस सिजनमा एक खेल खेल्न बाँकी रहेको छ । राजस्थानले अब यस सिजनको अन्तिम खेल मे २० मा चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

लोकप्रिय