समर फुटबल क्याम्प २०८२ सम्पन्न
काठमाडौं । बुढानिलकण्ठ–१० मा आयोजना गरिएको समर फुटबल क्याम्प २०८२ गत असार १४ गते शनिबार सम्पन्न भएको छ। कपन बहुउद्देश्यीय ह्यान्डबल मैदानमा आयोजित समापन समारोहमा वडाध्यक्ष नवराज भट्टराइ, वडा सदस्यहरू चन्द्रमान श्रेष्ठ र दिलकुमारी विकको उपस्थितिमा सहभागी बालबालिका तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्दै क्याम्पको सफल समापन गरिएको छ ।
गत असार ४ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको सो क्याम्पमा १३५ जना बालबालिकाको सक्रिय सहभागिता रहेको थियो । क्याम्पको नेतृत्व पूर्व राष्ट्रिय टिमका गोलरक्षक बिशाल श्रेष्ठले गर्नुभएको थियो । प्रशिक्षक टोलीमा महेश श्रेष्ठ, कपिल ढकाल र मनिष पौडेलको सहकार्य रहेको थियो ।
क्याम्पको क्रममा खेलाडीहरूको समग्र विकासका लागि पोषणसम्बन्धी विशेष सत्र पनि राखिएको थियो । जसअन्तर्गत ल्गतचष्तष्यलष्कत रन्जिता लामाले सहभागी खेलाडीहरूलाई सन्तुलित आहार, शरीरको आवश्यकता र खेलाडी जीवनशैलीमा पोषणको महत्त्वबारे जानकारी दिनुभयो ।
बालबालिका र अभिभावकहरूको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया अनुसार अबदेखि हरेक शनिबार बिहान ६ देखि ९ बजेसम्म न्चबककचययत ँययतदबिि एचयनचबm सञ्चालनमा ल्याइने छ। उक्त कार्यक्रम ८ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिनेछ।
यस अभियानमार्फत बालबालिकाको खेलकुद क्षमता, आत्मविश्वास, अनुशासन र शारीरिक–मानसिक विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रतिकृया दिनुहोस्