बीमा समितिले आजदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम थाल्ने

बीमा समितिले आजदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम थाल्ने

काठमाडौं । बीमा समितिले आज मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम थालेको छ । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति औपचारिक रुपमा आजदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो ।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियोे । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा समिति प्राधिकरण बनेको हो ।

 

लोकप्रिय