April 20, 2021, Tuesday
२०७८ बैशाख ७

प्रभु लाइफको आईपीओ आज ११ बजे बाँडफाँड हुदै: ५ लाख ४० हजार आवेदकले मात्रै पाउने

प्रभु लाइफको आईपीओ आज ११ बजे बाँडफाँड हुदै: ५ लाख ४० हजार आवेदकले मात्रै पाउने

काठमाडौँ-प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आज शुक्रबार ११ बजे बाँडफाँड हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

सिद्धार्थ क्यापिटलको कार्यालयमा आज शुक्रबार बिहान ११ बजे आईपीओ बाँडफाँड हुने भएको हो ।

कम्पनीको आईपीओमा १० लाख ८२ हजार आबेदनबाट २ करोड ९३ लाख कित्ता शेयरको लागि २ अर्ब ९३ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको यो ५।४२ गुणा बढी हो ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।

माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ ।

त्यस अनुसार ५ लाख ४० हजार आवेदकले मात्रै न्युनतम १० कित्ता पाउनेछन् छन् भने बाँकी अर्थात ५०।१० प्रतिशत आबेदकको हात खाली हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

भर्खरै

लोकप्रिय