April 20, 2021, Tuesday
२०७८ बैशाख ७

प्रभु लाईफ इन्स्योरेन्स आइतबारबाट दोस्रो बजारमा कारोवार हुने: सुरुवाती मूल्य कति ?

प्रभु लाईफ इन्स्योरेन्स आइतबारबाट दोस्रो बजारमा कारोवार हुने: सुरुवाती मूल्य कति ?

काठमाण्डौ-प्रभु लाईफ इन्स्योरेन्सले आँउदो आइतबारबाट दोस्रो बजारमा कारोवार हुने भएकाे छ । हिजाे शुक्रवार कम्पनीकाे आईपीओ नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि दोस्रो बजारमा कारोबार आउने भएकाे हाे ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर बुक भ्यालु ११२ रुपैयाँ ९४ पैसा छ । त्यस अनुसार कम्पनीको शेयरको न्यूनतम ११२ देखि ३३८ रुपैयाँको हाराहारीमा कारोबार खुल्न सक्ने अनुमान गर्न सकिन्छ ।

भर्खरै

लोकप्रिय