April 20, 2021, Tuesday
२०७८ बैशाख ७

अविश्वासको प्रस्ताव आउने भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्छ

अविश्वासको प्रस्ताव आउने भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्छ

काठमाडौं । संसदकाे माथिल्लाे सदन राष्ट्रिसभाका सदस्य तथा नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टीबाटै अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि प्रधानमन्त्री केपि शर्मा ओलीले पदबाट राजीनामा दिनपर्ने स्थिति रहेको बताएका छन् ।

राष्ट्रियसभामा पहिलोपटक बोल्दै नेता गौतमले आफूसित पार्टी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले पनि अविश्वासको प्रस्ताव लैजाँदै गरेकोबारे जानकारी नदिएको बताए ।

पार्टी विभाजित भएको स्थिति रहेको तर आफू कुनै पनि समूहमा नभएको भन्दै उनले पार्टीको जीवन अन्तर्संघर्षमा हुने स्पष्ट पारे ।

पार्टी राजनीतिक रुपमा विभाजित रहेको भन्दै उनले कानुनी रुपमा अझै केही भन्न नसकिने उनले बताए 

भर्खरै

लोकप्रिय