April 20, 2021, Tuesday
२०७८ बैशाख ७

अर्को सहकारी बैंककाे दर्ता प्रकृया शुरु, प्रारम्भिक भेला माघ १७ गते

अर्को सहकारी  बैंककाे दर्ता प्रकृया शुरु, प्रारम्भिक भेला माघ १७ गते

काठमाडौ । नेपालमा अर्को केन्द्रीय स्तरको सहकारी बैंक दर्ता प्रकृया शुरु गर्ने प्रक्रिया अघि बढने क्रममा यसको प्रारम्भिक भेला माघ १७ गते काठमाडौंमा हुनेभएको छ । मुलुकभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार हुनेगरी नेपाल सहकारीबैँक लि.को नाम बाट बैँक स्थापना गर्न प्रकृया अघि बढाइएको हो ।

प्रारम्भिक भेला सम्पन्न गरे लगत्तै यसको बैधानिकताका लागि संघीय अन्तर्गतको सहकारी विभाग जाने तयारी गरिएको छ । भेलासँगै विभागमा दर्ता प्रकृया गर्ने र राष्ट्रबैकबाट स्वीकृत लिने प्रकृया अघि बढाईने भएको छ । सहकारी संघ संस्थाहरुले मात्र कारोवार गर्न पाउने प्रस्तावित नेपाल सहकारी बैंक स्थापना गरी संचालन गर्न आवश्यक तयारी पूरा भएको बैंक गठन कार्यदलका संयोजक सहकारीकर्मी सुरेन्द्र भण्डारीले संचारकर्मीहरुलाई जानकारी दिए । भेला लगत्तै प्रकृया अघि बढ्ने र सो बैंक मुलुककै सहकारी क्षेत्रको सबैभन्दा ठुलो बैँक हुने उनले दावि समेत गरे ।

सहकारी अन्तर्गत यो बैक दर्ता हुन ५ सय १ सहकारी संस्था आवश्यक पर्छ । ती मध्य हालसम्म करिब एक हजार संस्था संस्थापक सदस्यको रुपमा सहभागि हुने तयारी भैरहेको छ । ‌बैंकमा संस्थापक सदस्य हुन चाहाने सहकारीले लगातार तीन वर्षदेखि संस्था नाफामा रहेको हुनुपर्नेछ । बैंक स्थापना हुन आवश्यकभन्दा बढीनै सदस्यहरुको आवेदन सहितको फाइल संकलन भैसकेको भण्डारीले बताए ।

‘माग आपूर्ती बढदै गएको परिप्रेक्ष्यमा अहिले सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैंकले निकट भविष्यमा सबै सहकारी संघसंस्थाको आवश्यक्ता पूरा गर्न सक्दैन’, उनले भने, ‘त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौं –बैक गठन कार्यदलका संयोजक भण्डारीले बताए । प्रारम्भिक चरणमा बैंकको शुरुवाती सेयर पूँजी ३ अर्ब रुपैयाँ हुने उनले बताए ।

सहकारी ऐन–२०४८ मा भएको व्यवस्था अनुरुप स्थापना भएको सहकारी बैंक हाल संचालनमा छ । तर तथ्याङक अनुसार सहकारी बैंकमा करिब १२ हजार मात्र सदस्य छन् । बैंकले सहकारी संघसंस्थाहरूसँग मात्र कारोबार गर्न पाउने व्यवस्था छ । नयाँ ऐनमा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था उल्लेख भएपछि नयाँ बैक स्थापना प्रकृया अघि बढाइएको हो । हाल सञ्चालनमा रहेको सहकारी बैकले नेपाल राष्ट« बैकबाट बैकिंङ अनुमति पाएको छैन ।

राजधानीको बिजुली बजार स्थित कार्की बैङक्वेटमा आयोजना हुने भेलामा आवेदन दिन र छलफल गर्न देशभरका सहकारीका प्रतिनिधि आउने भएका छन् । सहकारी ऐन २०७४ को परिच्छेद ८ को धारा ५३ मा सहकारी बैक स्थापना गर्न पाउने व्यवस्था छ । सो ऐनको धारा ५४ देखि ६० सम्म बैकको विषयमा व्याख्या गरिएको छ ।

त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५ सय १ वटा संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । आवेदन दिने संस्था वा संघहरुको संयुक्त सेयर पुँजी कम्तिमा तीनअर्ब रुपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पूँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने प्रावधान राखिएको छ ।

सहकारी बैंक गठन गर्दा सबै सहकारी संघ संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । बैक दर्ता प्रकृया शुरु गर्न प्रारम्भीक भेलाका निर्णय, व्यावसायीक कार्ययोजना, शेयर पुजी तथा शुल्क वापत संकलित रकमको भरपाई, स्वघोषणापत्र, विभागले तोके बमोजिम एक दिवसीय पुर्व सहकारी शिक्षा प्राप्त गरेको प्रमाणपत्र उपलब्ध गराउनुपर्नेछ । हाल सञ्चालनमा रहेको सहकारी बैकले सबै सहकारीलाई समेट्न नसकेको जनाउँदै ऐन अनुसार नया बैक दर्ता प्रकृया शुरु गर्न भेला आयोजना गर्न लगिएको संयोजक भण्डारीले बताए ।

भर्खरै

लोकप्रिय