April 20, 2021, Tuesday
२०७८ बैशाख ७

३० जना भाग्यमानीहरु: जस्ले पाउदैछन् ५ हजारका दरले इन्फ्रास्ट्रक्चर बैंकको शेयर

३० जना भाग्यमानीहरु: जस्ले पाउदैछन् ५ हजारका दरले इन्फ्रास्ट्रक्चर बैंकको शेयर

काठमाडाैँ-हालैमात्र आईपिओ निष्काशन गरेको इन्फ्रास्ट्रक्चर बैंकको शेयर ३० जना भाग्यमानीहरुले ५ हजारका दरले पाउने भएका छन् ।

नेपालको शेयर बजारको ईतिहासमा अहिले सम्म धेरै आईपिओ निष्काशन गर्ने तथा धेरै आबेदन परेको कम्पनीमा समेत इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो नाम दर्ता गर्न सफल भएको छ ।

नेपालमा अहिले सम्म कै धेरै शेयर निष्काशन गरेको बैंकको आइपीओमा सबै आवेदकलाई घटीमा पनी ५० देखी ७० कित्ता पर्ने पक्का नै छ ।

बैंकले जारी गरेको आइपीओ मध्यको १ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याएको छ ।

बैंकमा हाल ३० कर्मचारी मात्रै रहेका छन् । यो हिसाबले बैंकका ३० कर्मचारीलाई भाग गर्दा पनि प्रत्येक कर्मचारीले ५३३३.३३ कित्ता आईपीओ हात पार्नेछन्।

बैंकको आईपीओमा आवेदन गर्नेको १५ लाख माथी पुगेको छ ।

त्यस अनुसार सबै आवेदनलाई समानुपातिक रुपले वितरण गर्दा पनि न्युनतम ६० कित्ता शेयर पर्ने देखिन्छ ।

तर सबै आवेदनले ५० कित्ताको लागि आबेदन नगर्नपनि सक्छ । त्यसैले न्युनतम ५० देखि ७० कित्ता सम्मको लागि आवेदन गर्दा उपयुक्त हुने देखिन्छ ।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

भर्खरै

लोकप्रिय