April 20, 2021, Tuesday
२०७८ बैशाख ७

इन्फ्राको प्रि अलोटमेन्ट सम्पन्न: ५० कित्ता सम्म आबेदन दिनेले मागे जती पाए- झन्डै ५ लाख जनाले पाए ६० कित्ता

इन्फ्राको प्रि अलोटमेन्ट सम्पन्न: ५० कित्ता सम्म आबेदन दिनेले मागे जती पाए- झन्डै ५ लाख जनाले पाए ६० कित्ता

काठमाडाैँ-नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरको बुधरबार प्रि अलोटमेन्ट सम्पन्न भएको छ ।

बुधरबार प्रि अलोटमेन्ट सम्पन्न भएसँगै बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने भएको हो ।

बुधरबार सम्पन्न भएको प्रि अलोटमेन्ट अनुसार ५० कित्ता सम्म आबेदन दिनेले मागे जती शेयर पाउने भएका छन् । त्यस भन्दा बढी माग गर्ने मध्य ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथा मार्फत थप १० कित्ता शेयर पाउने छन् ।

बैंकको शेयर वाँडफाँडको लागि एनआईविएल एस क्यापिटले बुधबार प्रि अलोटमेन्टको सबै काम सकाएर धितोपत्र बोर्डमा विवरण बुझाएको छ ।

बोर्डबाट स्वीकृति भएपछि बैंकको शेयर शुक्रबार १० बजे बाँडफाँड गर्ने बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ ।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

बैंकको उक्त आईपीओमा १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेका छन् । बैंकले ठुलो भोलुममा शेयर निष्काशन गरेकोले शेयरमा आबेदन गर्ने सबैले न्युनतम ५० कित्ता शेयर पाउनेछन् ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

भर्खरै

लोकप्रिय