आइपिएलमा गुजरात प्लेअफमा, हैदरावादविरुद्ध गिलको सानदार शतक

आइपिएलमा गुजरात प्लेअफमा, हैदरावादविरुद्ध गिलको सानदार शतक

काठमाडौं । आइपिएल २०२३ मा शीर्ष स्थानको गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गर्दै प्लेअफमा स्थान बनाएको छ । सोमबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ९ विकेटको क्षतिमा १८८ रन जोड्यो ।

उसका लागि शुभमन गिलले १०१ रनको शतकिय पारी खेले । उनले ५८ बलमा १३ चौका र १ छक्का प्रहार गरे । साइ सुदर्शनले ४७ रनको योगदान गरे । बलिङमा हैदरावादका भुवनेश्वर कुमारले ५ विकेट लिए ।

१८९ रनको लक्ष्य पछ्याएको हैदरावादले ९ विकेटको क्षतिमा १५४ रन जोड्न सक्यो । हैदरावादका हेनरिक क्लासनले ६४ रन र भुवनेश्वर कुमारले २७ रन जोडे । बलिङमा गुजरातका मोहमद सामी र मोहित शर्माले ४–४ विकेट लिए ।

जितसँगै शीर्ष स्थानको गुजरातले १३ खेलबाट १८ अंक जोड्दै लिग चरणमा शीर्ष दुईमा पर्ने पक्का ग¥यो । हैदरावाद भने ८ अंक जोडेर पुछारबाट दोस्रो अर्थात् नवौं स्थानमा छ, उसको प्लेअफ सम्भावना भने सकिएको छ ।

लोकप्रिय