April 20, 2021, Tuesday
२०७८ बैशाख ७

राजधानीमा मात्र रु. ६५ रुपैयाँमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालन

राजधानीमा  मात्र रु. ६५ रुपैयाँमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालन

काठमाडौं-राजधानीको व्यस्त बजारमा अत्यन्त सस्तो मूल्य मात्र रु ६५ मा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा आएको छ। यसअघि उपत्यकामा दीन दुखि असहाय मजदुर र बिपन्न बर्गलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम, नेपाल नामक संस्थाले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

विश्वमै महामारीको रुपमा फैलिएको कोभिड- ९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लामो लकडाउन गरेपछि रोजी रोटीको समस्यामा परेका मानिसलाई नियमित रुपमा खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो।

लकडाउन अन्त्य भएर सवै व्यवसाय संचालन भएता पनि दैनिक गुजारा गर्न अझै गा¥हो भएका धेरै छन कारण धेरैले रोजगारी गुमाएको, कोठा भाडामा बस्ने बिद्यार्थीलाई महंगीका कारण भोकै बस्नु पर्ने अवस्था आएको लगायत समस्यालाई मध्यनजर गर्दे काठमाडौँ उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको ‘हाम्रो टीम नेपाल’ले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ।

हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको बताए। रेस्टुरेन्टबाट भएको बचतले अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने पनि अध्यक्ष पन्तको भनाइ छ।

६० जना क्षमता भएको रेष्टुरेन्ट सञ्चालनका लागि २० लाख रुपैयाँ लागेको पन्तले बताए। महगां रेष्टुरेन्ट खुल्ने क्रम बढे पनि नेपाली खानाको लोभ हुँदै गइरहेको उनको भनाइ छ। उनले यस रेस्टुरेन्टबाट नेपाली खानाको प्रवर्द्धन हुने बताए।

भर्खरै

लोकप्रिय