April 20, 2021, Tuesday
२०७८ बैशाख ७

संबैधानिक आयोगका पदाधिकारीले संसदीय सुनुवाई बिना नै लिए सपथ

संबैधानिक आयोगका पदाधिकारीले संसदीय सुनुवाई बिना नै लिए सपथ

काठमाडौं संसदीय सुनुवाई बिना संवैधानिक परिषद्को सिफारिसमा विभिन्न संवैधानिक निकायका पदका लागि नियुक्त गरिएका पदाधिकारीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा बुधबार बिहान आयोजित विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ गराएका हुन् ।

त्यस्तै अन्य सदस्यहरुलाई संवैधानिक अंगका प्रमुखले सपथग्रहण गराएका छन् । राष्ट्रपतिको उपस्थितिमा भएको सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना,उपप्रधानमन्त्री ईश्वर पोखरेल,संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लगायत सहभागी थिए ।

नियुक्तिप्रति नै असहमति जनाएका सभामुख अग्नि सापकोटाले संसदीय सुनुवाईका लागि पठाइएको निर्णयको सक्कल प्रति फिर्ता गरेका थिए । उनी सिफारिस हुने बैठकमा पनि सहभागी भएका थिएनन् ।

मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धानको आयोगका प्रमुख आयुक्तका पूर्व सचिव प्रेम राई र आयुक्तहरुमा जयवहादुर चन्द र किशोर सिलवाललाई सिफारिस गरेको थियो ।

त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तपवहादुर मगर,निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र जानकारी तुलाधर लगायत विभिन्न आयोगहरुमा ४५ जनाको नियुक्ति सिफारिस गरेको थियो ।

सरकारले उनीहरुको संसदीय सुनुवाईका लागि पुस ५ गते संसद सचिवालयमा विवरण पठाएको थियो । सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो । संसदीय सुनुवाई हुन नसकेपछि नियमावली अनुसार ४५ दिन मंगलवार पुगेकाले उनीहरुको नियुक्ति भएको हो ।

भर्खरै

लोकप्रिय