April 20, 2021, Tuesday
२०७८ बैशाख ७

सरकारकै कारण कर्मचारी प्रशासन कमजोर

सरकारकै कारण कर्मचारी प्रशासन कमजोर

काठमाडौँ-हाल मुलुकमा भइरहेको राजनीतिक खिचातानीले मात्र होइन सरकारको अकर्मन्यताका कारण निजामति कर्मचारी प्रशासन निकै कमजोर बन्न पुगेको छ ।

दुई दुई वर्षमा कर्मचारीहरुको सरुवा हुनुपर्ने भएपनि कसैको दश वर्षसम्म पनि हुन नसकेको थुप्रै उदाहरणहरु कर्मचारी संयन्त्रमा रहेको पाइएको छ । यस्ता दर्जनौ उदाहरण बाहिर आइरहेका छन ।

यस्तै कर्मचारीहरुको बढुवामा पनि थुप्रै यस्ता समस्याहरु देखिएका छन । यसअघि अस्थिर सरकार भएको

कारण यस्तो बेथिति हुने गरेको बताइने गरेको थियो । तर अहिले र यस अघि तीन वर्षसम्म मुलुकमा स्थिर सरकार रहेको भएपनि कर्मचारीले त्यो अनुभव गर्न पाएनन ।

स्थिर सरकारको पालामा पनि कर्मचारीतन्त्र झन अस्थिर बन्न पुग्यो । अहिले पनि सरुवा र बढुवा हुन पनि भनसुन र सोर्सर्फोस अनिवार्य जस्तै छ ।

आफनो योग्यता र क्षमताका आधारमा कर्मचारीहरुका कुनै पनि काम र समस्याहरु हल भएका र हुनसक्ने अवस्था छैन ।

जसका कारण इमान्दार, लगनशील र कर्तव्यनिष्ट कर्मचारीहरु पछि परेका मात्र छैनन कि समस्या भोग्न पनि बाध्य छन ।

उनीहरुले भोग्दै आएका समस्याहरुको बारेमा आ–आफना संगठनहरुले पनि साथ र सहयोग गरेको खासै पाईंदैन ।

सरकारको स्थायी संयन्त्र मानिने कर्मचारीतन्त्र अहिले निकै अस्थिर हुँदै गएको छ भन्दा परक नपर्ला ।

०७४ साल फागुनमा बर्तमान सरकार गठन भएपछि मुलुकमा राजनीतिक स्थिरताका साथै कर्मचारीतन्त्र पनि फरकपन ल्याउन र देखाउने अपेक्षा मुलुकबासीहरु सवैले गरेकै थिए ।

तर त्यो अपेक्षा माथी बज्रपात गर्ने काम सरकार स्वयमबाटै भएको थुप्रै उदाहरणहरु हाम्रा सामु छन ।

दुई तिहाई नजिकको कम्युनिष्ट सरकारको पालामा कर्मचारीहरुले बृत्ति बिकासदेखी क्षमता अभित्रबृद्धि, तालीमसहित उनीहरुलाई क्षमतावान बनाउ सरकारले सहयोग गर्ने अपेक्षा कर्मचारी बर्गको रहेको थियो ।

तर उनीहरुको अपेक्षमाथी तुसारापात गर्ने काम मात्र सरकारबाट भएको छैन कि उनीहरु महिना दिनमा दुइवटा मन्त्रालयमा सरुवा गरेर हतोत्साही बनाएर निराश पार्ने काम पनि थुप्रै भएका छन ।

मन्त्रालयका सचिवहरुलाई त झन भकुण्डो सरह गरी एकपछि अर्को मन्त्रालयमा सरुवा गरेर उनीहरुको तेजबोध गर्ने काम भएका छन ।

क्षमतवान र बरिष्ठहरुलाई पाखा लगाएर कनिष्ट र सरकार निकटहरु हुनेहरुलाई हातमा समातेर छानीछानी र रोजीरोजी मन्त्रालय जिम्मेवारी दिने काम धेरै भएका छन ।

जसका कारण क्षमतावान र निष्ठावानहरुको मनोवल पनि त्यतिकै खस्कन पुगेको छ । उनीहरुको बनोवल उठाउनका लागि सरकारले योजना र भिजनसहित काम गर्न जरुरी भइसकेको छ ।

त्यसका लागि कर्मचारीसँग हातेमालो गरेर अगाडि बढनका लागि सरकार तयार हुनै पर्दछ ।

भर्खरै

लोकप्रिय