प्रधानमन्त्री र मन्त्रीहरूको तस्विर हेर्दै बाबुरामले भने, ‘देश कता जाँदैछ’ ?

प्रधानमन्त्री र मन्त्रीहरूको तस्विर हेर्दै बाबुरामले भने, ‘देश कता जाँदैछ’ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य ५ जना मन्त्रीहरु अहिले भारतको भ्रमणमा छन् । जस अन्तर्गत उनीहरु भारतका विभिन्न क्षेत्रमा पुगेका तस्बिरहरु आइरहेका छन् । जस अन्तर्गत गेरु वस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वरको दर्शन गर्दैगरेका केही तस्बिरहरु सामाजिक संजालमा धेरै चर्चा पाएका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उक्त तस्बिर सामाजिक संजालमा सेयर गर्दै ‘हामी कता जाँदैछौँ ?, देश कता जाँदैछ ?’ भनी प्रश्न गरेका छन् ।

चारदिने भारत भ्रमणमा रहेका प्रचण्डसहित मन्त्रीहरूले शुक्रबार मध्यप्रदेशको उज्जैन पुगेर महाकालेश्वरको दर्शन गरेका थिए । हिन्दु धर्मप्रति आस्था राख्नेहरूप्रति द्वन्द्वकालमा माओवादी नेता–कार्यकर्ताले गर्ने गरेको व्यवहार र प्रचण्डले महाकालेश्वरमा रुद्राक्ष र भेटी चढाएको विषयमा समाजिक सञ्जालमा व्यापक आलोचना र केहि सकारात्मक प्रसंसा पनि भइरहेको छ ।

लोकप्रिय