April 20, 2021, Tuesday
२०७८ बैशाख ७

ज्योति लाइफः ५ लाख ९४ हजारको हातमा शेयर १२ लाख १० हजारको हात खाली

ज्योति लाइफः ५ लाख ९४ हजारको हातमा शेयर १२ लाख १० हजारको हात खाली

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आज बाँडफाँट हुने लागेको छ । उक्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

क्यापिटलका अनुसार आज दिउँसो मध्यान्ह शेयर बाँडफाँट हुने भएको छ । गएको फागुन २१ मा कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । कुल शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरीएको छ ।

बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा गरिएको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर हात पार्नेछन भने करिब ६७ प्रतिशत अर्थात करिब १२ लाख १० हजारको हात खाली हुने भएको छ ।

कम्पनीको आइपीओमा १८ लाख ४ हजार ६ सय ४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ता आइपीओ खरिदको लागि आवेदन परेको थियो । यसको बिस्तृत बिवरण साँढे १२ बजेपछि मात्र बाहिर ल्याउने क्यापिटलले बताएको छ ।

भर्खरै

लोकप्रिय