April 20, 2021, Tuesday
२०७८ बैशाख ७

प्रधानमन्त्री ओली र पुर्व चार प्रधानन्यायाधीशको अपहेलना मुद्दाको सुनुवाई किन हुन सकेन ?

प्रधानमन्त्री ओली र पुर्व चार प्रधानन्यायाधीशको अपहेलना मुद्दाको सुनुवाई किन हुन सकेन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चार जना पूर्व प्रधानन्यायाधीशहरु विरुद्धको अवहेलना समवन्धी मुद्दामा शुक्रबार पेशी तोकिएको भएपनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतले शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकेको थियो। तर शुक्रवार इजलासले उक्त मुद्दा हेर्न नभ्याइने भन्दै सुनुवाई नगरेको हो ।

प्रधानमन्त्री ओलीविरुद्ध गएको माघ १३ मा अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले मुद्दा दायर गरेका थिए ।
पूर्व चारजना प्रधानन्यायाधीशविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दायर गरेका थिए । यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीसहित पूर्वप्रधानन्यायाधीशलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
आदेश अनुसार नै प्रधानमन्त्री ओली र चार पूर्व प्रधानन्यायाधीशले लिखित जवाफ पेश गरेका थिए । जवाफका क्रममा सबैले अदालतको अवहेलना नगरेको दाबी गरेका छन् ।

प्रधानमन्त्रीले ५ पुसमा संसद विघटन गरेपछि सो विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ चलिइरहेको समयमा उक्त मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री विरुद्ध अवहेलना मुद्दा दर्ता गरेका थिए । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि सोही समयमा संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनको विपक्षमा अभिव्यक्ति दिएका थिए ।

भर्खरै

लोकप्रिय