प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आठदिने चीनभ्रमण पूरा गरी शनिबार (आज) स्वदेश फर्किँदै छन् । दाहाल बिहान ११ बजे त्रिभुवन विमानस्थल उत्रिने उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार अमेरिका र चीन भ्रमणका उपलब्धिबारे जानकारी दिन उनले विमानस्थलमा पत्रकारसँग भेट्ने कार्यक्रम तय भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गत भदौ ३० गते न्यूयोर्क गएका दाहाल उतैबाट सिधै चीन गएका थिए । गत शनिबार चीन पुगेका प्रचण्डले एसियाडको उद्घाटन कार्यक्रममा सहभागी भए ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङलगायत चिनियाँ उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । यस क्रममा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

लोकप्रिय