April 20, 2021, Tuesday
२०७८ बैशाख ७

“चाईनासँगको बाणिज्य सन्धीले नेपाललाई भुपरिष्ठित भन्दा बढी भारतपरिष्ठितबाट मुक्त गरेको छ” मन्त्री पोखरेल

“चाईनासँगको बाणिज्य सन्धीले नेपाललाई भुपरिष्ठित भन्दा बढी भारतपरिष्ठितबाट मुक्त गरेको छ” मन्त्री पोखरेल

काठमाडौँ-नेपाल हिमालय सीमापार वाणिज्य संघको २१ औँ साधारण सभा सम्पन्न भएको छ । आज चैत्र २१ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान काठमाडौँमा कार्यक्रम सम्पन्न भएको छ । उपप्रधानमन्त्री ईस्वर पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री ईस्वर पोखरेलले सरकारले चाईना ब्यापार सम्बन्धी सबै समस्याको यथोचित समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

साथै मन्त्री पोखरेलले चाईनासँगको बाणिज्य सन्धी नेपाललाई भुपरिष्ठित बाट भुजडित गराउने प्रयायका साथ भएको जानकारी दिनु भयो । साथै मन्त्री पोखरेलले चाईनासँगको बाणिज्य सन्धीले नेपाललाई भुपरिष्ठित भन्दा बढी भारतुपरिष्ठितबाट मुक्त गरेको दावी गर्नु भयो ।

साथै हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले सरकारले ब्यापारी लाई कर लगायत अनेक प्राबधान लगाएर पेल्न खोजेको जिकिर गर्नुभयो ।

उहाले २०७२ साल देखी चाईना नेपालको सिमा अघोषित रुपमा नाकाबन्दीको अबस्थामा रहेको र धेरै कन्टेनर तातोपानी पारी थुनिएर रहेको बारे सरकार बेखवर जस्तो रहेको आरोप लगाउनु भयो । साथै कोरोना माहामारी पछी चाइना नेपाल ब्यापार र ब्यापारीको स्थिती दयनिय भएको गुनासो गर्नुभयो ।

जस्को जवाफमा मन्त्री पोखरेलले सरकार ब्यापारीको समस्या र जटिलता समाधानमा सदैब तत्पर रहेको बताउनु भयो । उहाले यस क्षेत्रका समस्या बुदागत रुपमा लिएर आउन आग्रह गर्दै समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा चाइना ब्यापारमा आबद्ध ब्यापारी तथा त्यस क्षेत्रमा आबद्ध संघ संस्था तथा ब्यक्तीको उपस्थिती रहेको थियो ।

भर्खरै

लोकप्रिय