April 20, 2021, Tuesday
२०७८ बैशाख ७

आईतबार नेप्से २५.७१ अंकले बृद्धि, हालसम्मको उच्च विन्दुको रेकर्ड

आईतबार नेप्से २५.७१ अंकले बृद्धि, हालसम्मको उच्च विन्दुको रेकर्ड

काठमाडौं – आज (आईतबार) नेप्स २५.७१ अंकले बढेको छ । यो साताको पहिलो दिन शेयर बजार नेप्से उच्च विन्दु अंकमा पुगेको छ ।

आइतबार २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो ।
यसअघि नेप्से फागुन ९ गते २६ सय ४० विन्दुसम्म पुगेको थियो ।

आइतबार व्यापार, होटल, उत्पादन, म्युचल फण्ड समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से उच्च विन्दुमा पुगेको हो ।

आज बैंकिङ समूहको शेयर साढे १४ अंकले, विकास बैंकको २२, जलविद्युतको ३७, फाइनान्सको ४३, माइक्रो फाइनान्सको २३, जीवन बीमा समूहको १५४, निर्जीवन बीमा समूहको ५४३ र अन्य समूहको शेयर ३९ अंकले बढेको छ ।

आइतबार २१२ कम्पनीका १ करोड ८१ लाख कित्ता शेयर ९ अर्ब ६८ लाख रुपैयाँमा किनबेच भएका छन् । निफ्राको साढे ४७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आजको दिनमा ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

भर्खरै

लोकप्रिय