April 20, 2021, Tuesday
२०७८ बैशाख ७

कोरोनाविरुद्धको खोप दोस्रो (डोज) वैशाख ७ गतेदेखि

कोरोनाविरुद्धको खोप दोस्रो (डोज) वैशाख ७ गतेदेखि

काठमाडौं – कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा (डोज) लिएकालाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिइने भएको छ ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकालाई दोस्रो डोज दिने निर्णय गरेको हो ।

पहिलो प्राथमिकताको र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिने बैठकको निर्णय छ । सोहीअनुसार स्वास्थ्य कार्यालयले खोप लगाउने मिति र केन्द्रको सूची प्रकाशित गरेको छ । कोरोना विरुद्धको खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने छ ।

भर्खरै

लोकप्रिय