गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा
- दैनिक समाज
- २०७७ चैत्र २५

काठमाडौं-गण्डकी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएको मुख्यमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको हो।
उनीहरूले बुधबार बिहान प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्।
गण्डकी प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुईजना मात्र मन्त्रीहरू थिए। उनीहरूले राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै राजीनामा दिएको बताएका छन्।
मन्त्रीहरूले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता नलिएको बताइएको छ । बुधबार नै प्रदेशसभाको बैठक बस्दै छ ।
राजीनामाबारे संसदीय दलको तर्फबाट कानुनमन्त्री रहेका चुमानले जानकारी गराउने बताइएको छ।
भर्खरै
- एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मर्कामा
- In Photos: Fans react in protest to European Super League announcement
- आज चैते दशैँ : नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै
- UEFA president slams ‘snakes’ Woodward and Agnelli after Man Utd and Juventus lead Super League proposals
- कर्णालीमा आज सार्वजनिक बिदा
- नेपालगञ्ज मेडिकल कलेजमा उपचारत थप दुईजना कोरोना संक्रमितको मृत्यु
- सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि सिरहा अस्पतालको सेवा बन्द
- Nepal win third match against Malaysia by nine wickets in Cricket Tri Series 2021
- European Super League: Chelsea, Man City, Real Madrid could be banned from Champions League finals
लोकप्रिय
-
हावाहुरीका कारण आँप, लिचीमा क्षति
२०७८ बैशाख ४ -
सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना
२०७८ बैशाख ६
प्रतिकृया दिनुहोस्